यातायात ब्यवस्था सेवा कार्यालयद्वारा बाह्र करोड राजश्व संकलन  « Khabarhub

यातायात ब्यवस्था सेवा कार्यालयद्वारा बाह्र करोड राजश्व संकलन 


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम) जिल्ला सदरमुकाम परासीस्थित यातायात ब्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष  ०७९- ०८० मा यातायात सेवा सम्बन्धी सेवाबाट  कूल १२ करोडभन्दा बढी  राजश्व संकलन गरेको छ । 

विगत वर्षमा भैरहवा र बुटवलबाट सेवा लिँदै आएका  नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम) का बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याएकाले यातायात सेवासँगै राजश्व संकलन पनि बढेको कार्यालयले जनाएको हो ।

विभिन्न चार शीर्षकमा यस कार्यालयले गत आर्थिक वर्षमा कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५ राजस्व संकलन गरेको कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेयले जानकारी दिए  । उनका अनुसार कार्यालयबाट गत आर्थिक वर्षमा यातायात क्षेत्रको आम्दानी, सवारी दर्ता किताब सम्बन्धी   दस्तुर,  सवारी साधन कर र आयकरमा राजश्व संकलन हुँदै आएको छ । 

यातायात क्षेत्रको आम्दानी रु १५ लाख ५५ हजार ६५, सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु  एक करोड ७ लाख ९ हजार दुई सय ५० रहेकामा ९ सवारी चालक अनुमतिपत्र नवीकरणबाट रु आठ लाख दुई हजार पाँच सय, सवारी साधन करबाट रु ११ करोड १४ लाख ९४ हजार ७५ र आयकरबाट रु ४८ लाख ४६ हजार पाँच गरी कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५ संकलन भएको थियो ।

यातायात कार्यालयले गत वर्षमा १७ हजार १ सय ९० वटा सार्वजनिक तथा निजी सवारी साधन नवीकरण, सात सय ९४ वटा सवारी साधनको जाँचपास तथा नवीकरण, एक सय ५३ वटा बाटो इजाजत, एक हजार सात सय २४ अस्थायी बाटो इजाजत  र सात सय ६५ वटा ओभरलोड बोकेको भारतीय सवारी साधनलाई कारबाही  र तीनसय ४८ वटा सवारी चालक अनुमतिपत्र नवीकरण गरिएको कार्यालय प्रमुख पाण्डेयले बताए । गत आर्थिक वर्षका साथै यो वर्षको एक महिनाको थप राजश्वसमेत संकलन  भएको बताउँदै  उनले अहिले केही सेवा थप भएको हुँदा राजश्व वृद्धि हुनसक्ने जिकिर गरे। 

यस कार्यालयको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो, उनले भने,  सेवाबापत लाग्ने दस्तुरबाट राजश्व पनि संकलन गर्ने दोस्रो प्राथमिकता हो । अहिले राजश्व संकलनसँगै जिल्लाबाटै यहाँका नागरिकले सेवा पाउँदा राहत पनि भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा पनि ५७ वटा सवारी साधनको स्थायी बाटो इजाजतपत्र (रुट) नवीकरण, एक सय सय ४१ सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास, तीन सय ७८ अस्थायी बाटो इजाजतपत्र ९ पटके ० सेवा गरी कूल पाँच सय ७६ वटा सवारीसाधन सम्बन्धी सेवा प्रदान गरिएको छ ।

साउन महिनाभित्र सवारी साधन करबाट रु  ९० लाख १५ हजार दुईसय ८०, सवारी नवीकरणबाट रु छ लाख २४ हजार तीन सय, सवारी चालक अनुमतिपत्रबाट १० लाख ३० हजार, यातायात क्षेत्रको आम्दानीबाट दुई लाख ३३ हजार नौसय ५० र आयकरबाट दुई लाख ३० हजार छ सय गरी कूल एक  करोड ११ लाख ३४ हजार एक सय ३० राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

 यस जिल्लाभित्र नै बजाजहोण्डा कम्पनीको मोटरसाइकलको एसेम्बल गर्ने कारखाना छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १ : २४ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।