विभिन्न देशका मुद्रासहित एक जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न देशका मुद्रासहित एक जना पक्राउ


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विभिन्न देशका मुद्रासहित भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दासलाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको माइक्रो गाडीलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार दासको साथबाट युरो ४ हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३ सय १५ फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १ : ४७ बजे

पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ– आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि

खेलकुदमा फर्किएको स्पेनको शान

सन् २००८ र २०१२ मा युरो कपको उपाधि। सन् २०१०

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु

सुर्खेत– रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको

आप्रवासन नीति सच्याउन पोर्चुगलका राष्ट्रपतिसँग माग

 पोर्चुगल–  पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

म्याग्दी– म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको