बैतडीमा भाइरल ज्वरोको प्रकोप बढ्दो  « Khabarhub

बैतडीमा भाइरल ज्वरोको प्रकोप बढ्दो 


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाका सबै जसो स्थानमा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरूले बताएका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर धिरज जैसवालले बताए । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका उनले बताए । 

मौसममा आएको परिवर्तनसँगै गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको सुर्नया गाउँपालिका ७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत अहेब हिक्मतबहादुर कुँवरले बताए । स्वास्थ्य इकाइमा हिजोआज दैनिक ३० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका उनले बताए ।

मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपिनले पनि भाइरल ज्वरोको संक्रमण बढेको डा. जैसवालको भनाइ छ । ज्वरोका बिरामीहरूले नजिकै स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्नेमा उनले जोड दिए । ज्वरोका बिरामीहरूमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए । 

पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, डेंगु लगायतका बिरामीहरू पनि फेला परीरहेका डा। जैसवालले बताए । 

ज्वरोका बिरामीहरूले स्वास्थ्य संस्थामा चेकजाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने डा. जैसवालले बताए । ज्वरोका बिरामीहरूले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने उनले बताए ।

जथाभावी औषधिको प्रयोगले मानवको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने भएकाले स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्ने उनले जोड दिए । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : ३० बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा