लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ मिलिग्रामसहित सोही महानगरपालिका-१५ बस्ने २४ वर्षीय प्रमिस डंगोललाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ सय १९ केजी ३ सय २४ ग्रामसहित आइतबार २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बिर्तापुर बस्ने ४५ वर्षीय दुलारे यादव र ३५ वर्षीय योगेश बर्मा रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट खटिएको टोलीले चितवन खुरखुरेबाट वीरगंज हुँदै भारततर्फ जाँदै गरेको एनएल ०१ एसि २१४५ नम्बरको कन्टेनरलाई जाँच गर्दा २ फिटको फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी ट्रक चालक दुलारे र सहचालक योगेशलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : ४९ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै