स्थगित बीपी साहित्य महोत्सव यही असोज ३ गते हुने | Khabarhub Khabarhub

स्थगित बीपी साहित्य महोत्सव यही असोज ३ गते हुने


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव अन्तर्गतको तेस्रो र अन्तिम दिन (भदौ २६ गते) स्थगित भएको कार्यक्रम असोज ३ गते गर्ने भएको छ । असोज ३ गते बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा महोत्सव आयोजना हुने सो पार्टीले जनाएको छ ।

महोत्सव भदौ २४ र २५ गते दुई दिन सञ्चालन भए पनि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि  कांग्रेसले महोत्सव स्थगन गरेको थियो ।

आगामी कार्यक्रममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी, बिपीको विचार, आजको संविधान र अबको बाटोलगायत विभिन्न विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहनेछन् ।

कांग्रेसको सूचना तथा प्रचार प्रसार विभागका प्रमुख मीन विश्वकर्माले गत भदौ २४ र २५ को कार्यक्रममा जस्तै असोज ३ गते हुने ऐतिहासिक बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : २६ बजे

एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित

हाङझाउ – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम

महोत्तरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलाली – जोशीपुर गाउँपालिका– ५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश