चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले तोडे अनसन « Khabarhub

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले तोडे अनसन


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले सोमबारदेखि अनसन तोडेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संसोधन हुने तयारीमा रहेको आवश्वास दिएपछि १४ सुत्रस्य माग राखेर अनसन बसेका उनीहरु हाललाई आफ्नो सडक संघर्ष स्थगित गर्न राजी भएका हुन् ।

अनसन तोडाउन स्वास्थ्य मन्त्री आफ्नो सचिवालयका स्वकीय सचिव रामेश्वर आयार्च र रामचन्द्र दुलाललाई माइतीघर पठाएका थिए । मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनसनमा बसिरहेका संघर्ष समितिका सदस्यहरुलाई जुस पिलाएर अनसन स्थगित गरेका थिए ।

अनसन स्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पाँच जना वरिष्ठ पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए ।

मन्त्री बस्नेत सहित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. टंक वाराकोटीलगायत थिए भने संघर्ष समितिको तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशीलगायतका पदाधिकारी थिए ।

वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले आफूहरुले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना मागहरु सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए ।

स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउादै यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकोले संघर्ष समितिले उठाएका मागहरु चाँडै सम्बोधन हुने बताए ।

उनले चिकित्सा ऐन संसोधन गर्न नसकिए अबको पाँच वर्षमा नेपालमा चिकित्सक र नर्सहरुको अभाव हुने दाबी गर्दे प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किसकेपछि यस विषयमा ठोस पहल हुनेमा जोड दिए ।

चिकित्सा शिक्षा ऐन संसोधन गर्नु पर्ने, सीटीईभीटीको तुरुन्त पुर्नसंरचना गर्नु पर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नुपर्नेलगायतका १४ बुँदे माग राखेर संघर्ष समितिले साउन २७ देखि माइतीघर मण्डलामा रिले अनसन जारी राखेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ६ : ०० बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक