राजमार्ग विस्तार : सहरी क्षेत्रमा दसैँ-तिहारपछि काम गर्न माग « Khabarhub

राजमार्ग विस्तार : सहरी क्षेत्रमा दसैँ-तिहारपछि काम गर्न माग


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनअन्तर्गत मुख्य सहर बनेपाका व्यवसायीले दसैँ–तिहारपछि मात्रै काम सुरु गर्न माग गरेका छन् । उक्त सडक विस्तार आयोजनामध्ये बनेपा नगरको साँगादेखि धुलिखेलसम्म हाल तीव्ररुपमा काम भइरहेको छ । 

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल १५ दशमलव ५ किलोमिटर सडकखण्ड सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले हाल चार लेनमा विस्तार थालेको हो । अरनिको राजमार्ग विस्तारबाट व्यावसायिक प्रभावसम्बन्धी बनेपा नगरपालिकामा आयोजित अन्तरक्रियामा व्यवसायीले उक्त माग गरेका हुन् । 

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेंले दसैँ तिहारपछि मात्रै बनेपा बजार क्षेत्रमा काम सुरु गर्न सुझाव दिए। ‘तिहारपछि काम सुरु गरेर धेरै जनशक्ति परिचालन गरी छिटो काम सम्पन्न गर्न माग गदैछौँ’, उनले भने। चाडपर्वको मुखैमा राजमार्ग विस्तारकै कारण व्यवसायी पलायन हुन नदिन उनले आग्रह गरे । 

यस्तै सङ्घका महासचिव रवीन्द्र बैदारले आर्थिक मन्दीका कारण यस वर्ष व्यवसायी मारमा परेकाले चाडपर्वको समयमा व्यवसायीलाई नलखेट्न सुझाव दिए । उनले देशकै व्यापारिक सहरको परिचय बनाएको बनेपालाई जोगाउन सरोकरवालाको ध्यान जानुपर्ने उनको भनाइ थियो । उनले राजमार्ग विस्तारसँगै ‘लोड-अनलोड’ को समस्या प्रमुख रुपमा देखिने भएकाले आवश्यक भौतिक पूर्वाधारसहित उचित विकल्पबारे सोच्न आवश्यक रहेको बताए । राजमार्ग विस्तारका क्रममा ढलको उचित प्रबन्ध गर्न, आकाशेपुलको व्यवस्था गर्न, व्यवसायीमैत्री विकास निर्माणका काम गर्न उद्योगी व्यवसायीले सरोकारवालालाई आग्रह गरेका हुन् । 

साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको हो । राजमार्गअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने ७ दशमलव पाँच किमि विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भई काम सुरु गरिएको हो । 

बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले पटक–पटक भएका छलफलबाट आएको निष्कर्षलाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै कतिपय अवस्थामा व्यावहारिकतालाई पनि ध्यान दिन आयोजनासँग आग्रह गरे । नगर उपप्रमुख विमला शर्माले नागरिकलाई आवतजावत, व्यापार–व्यवसाय गर्न असहज हुनेगरि काम गर्न नहुने तर्क राखे । उनले करिडोर निर्माण कार्य सम्पन्न गर्न सके होलसेल बजारलाई व्यवस्थित गर्न सकिने बताए । 

यसैगरी सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इञ्जिनीयर माधव पौडेलले आयोजनाबारे जानकारी गराउँदै विस्तारको काम १५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए। उनले रुख कटान कार्य सुरु भएको, विद्युत् पोल हटाउन प्राधिकरणसँग समन्वय भइरहेको उल्लेख गर्दै कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने बताए । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ६ : ४४ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड