बङ्गलादेशमा २४ घण्टाको अवधिमा ३ हजारभन्दा धेरै डेङ्गुका बिरामी फेला « Khabarhub

बङ्गलादेशमा २४ घण्टाको अवधिमा ३ हजारभन्दा धेरै डेङ्गुका बिरामी फेला


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा ३ हजार १२२ जना नयाँ डेङ्गुका बिरामी फेला परेका छन् । यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो सङ्ख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ ।

प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ८२२ पुगेको छ । ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा डेङ्गुका बाँकी बिरामी भर्ना भएका छन् ।

ढाकामा चार हजार ६६ सहित १० हजार ४३७ डेङ्गुका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन् । यस वर्ष अहिलेसम्म एक लाख ६७ हजार ६८४ जनामा डेङ्गु को सङ्क्रमण देखिएको छ भने निको हुनेको सङ्ख्या एक लाख ५६ हजार ४२५ पुगेको छ ।

यद्यपि, यो महिना मृत्यु हुनेको सङ्ख्या २२९ पुगिसकेको छ र भेक्टरजनित रोग अनियन्त्रित रूपमा फैलिरहेको छ। बङ्गलादेशमा सन् २०२२ मा डेङ्गुका कारण २८१ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७९ जनाको मृत्यु भएको र यो बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै १०० सङ्ख्याले बढी भएको हो । सन् २०२२ मा बङ्गलादेशमा ६२ हजार ४२३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने ६१ हजार ९७१ जना निको भएका थिए ।

यसैबीच युनिसेफले बङ्गलादेशलाई डेङ्गुको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले छिट्टै स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा अन्य महत्वपूर्ण आपूर्ति र सेवाहरूका साथै तत्काल आवश्यक परीक्षण किटहरू र स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्नेछ । बङ्गलादेशको ६४ जिल्लामा अहिले डेङ्गुको प्रकोप फैलिसकेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : ४५ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी