बङ्गलादेशमा २४ घण्टाको अवधिमा ३ हजारभन्दा धेरै डेङ्गुका बिरामी फेला | Khabarhub Khabarhub

बङ्गलादेशमा २४ घण्टाको अवधिमा ३ हजारभन्दा धेरै डेङ्गुका बिरामी फेला


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा ३ हजार १२२ जना नयाँ डेङ्गुका बिरामी फेला परेका छन् । यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो सङ्ख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ ।

प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ८२२ पुगेको छ । ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा डेङ्गुका बाँकी बिरामी भर्ना भएका छन् ।

ढाकामा चार हजार ६६ सहित १० हजार ४३७ डेङ्गुका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन् । यस वर्ष अहिलेसम्म एक लाख ६७ हजार ६८४ जनामा डेङ्गु को सङ्क्रमण देखिएको छ भने निको हुनेको सङ्ख्या एक लाख ५६ हजार ४२५ पुगेको छ ।

यद्यपि, यो महिना मृत्यु हुनेको सङ्ख्या २२९ पुगिसकेको छ र भेक्टरजनित रोग अनियन्त्रित रूपमा फैलिरहेको छ। बङ्गलादेशमा सन् २०२२ मा डेङ्गुका कारण २८१ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७९ जनाको मृत्यु भएको र यो बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै १०० सङ्ख्याले बढी भएको हो । सन् २०२२ मा बङ्गलादेशमा ६२ हजार ४२३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने ६१ हजार ९७१ जना निको भएका थिए ।

यसैबीच युनिसेफले बङ्गलादेशलाई डेङ्गुको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले छिट्टै स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा अन्य महत्वपूर्ण आपूर्ति र सेवाहरूका साथै तत्काल आवश्यक परीक्षण किटहरू र स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्नेछ । बङ्गलादेशको ६४ जिल्लामा अहिले डेङ्गुको प्रकोप फैलिसकेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : ४५ बजे

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे