गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका–१६ बाराकिलोस्थित पूर्व-पश्चिम लोकमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३–०३–००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगर जाँदै गरेको प्र.न –३–०१०–२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिएको हो।

दुर्घटनाबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो।

उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।

पिकअप गाडी चालक काभ्रे नमोबुद्ध नगरपालिका–२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ८ : ३४ बजे

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा