सुपर स्टारको छवि बनाउँदै वाइल्स | Khabarhub Khabarhub

सुपर स्टारको छवि बनाउँदै वाइल्स


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एउटा जिम्न्यास्टकको समय अवधि कत्ति ? अथवा पिक फर्मको अवधि कत्ति ? एक पटक खेल जीवन नै समाप्त भए जस्तो अवस्थाबाट फेरि फर्कनु कत्तिको सहज छ ? यी सबै प्रश्न तेर्सिएका छन्, बेल्जियमको एन्टवर्पमा भएको जिम्न्यास्टिक विश्व च्याम्पियनसिपको समाप्ति पछि।

अलराउण्ड स्पर्धाकी लामो समयकी सुपर स्टार सिमोन वाइल्सको पुनरागमन यस विश्व च्याम्पियनसिपको सबै भन्दा चर्चाको विषय बनेको छ। प्रतियोगिताको अलराउण्ड स्पर्धा गत संस्करण कै झझल्को दिने किसिमको थियो।

साबिक विजेता ब्राजिलकी रेबेका एन्ड्रेड रजत पदकमा सीमित भइन्। यसैगरी पछिल्लो संस्करणकी उपविजेता सिलेसा जोन्सले कास्य पदक जितिन्। यसै वर्ष पुनरागमन गरेकी वाइल्सले स्वर्ण पदक जितिन्।

‘म भावुक भएको छु। १० वर्ष अगाडि मैले विश्व च्याम्पियनसिपमा पदक जितेको थिएँ, १० वर्ष पछि फेरि जितेको छु,’ वाइल्सले भनिन्’, मैले धेरै सङ्घर्ष गरेर यहाँ स्थान पाएको हुँ। ममा फेरि केही गर्न सक्ने आत्मविश्वास पलाएको थियो।’

१० वर्षको अन्तरालमा यसरी अलराउण्ड तर्फको उपाधि जित्ने उनी पहिलो जिम्न्यास्ट हुन्। संयोग नै मान्नुपर्छ उनले १० अघि र १० वर्ष पछिको विश्व च्याम्पियनसिपमा सोही स्थानमा नै उपाधि जितेकी थिइन्।

यसबाहेक जापानका युचिमारी कोहइ र रुसका स्वेतलाना खोरीनाले ६ वर्षको अन्तरालमा विश्व च्याम्पियनसिपको उपाधि जितेका थिए। ६ पटक अलराउण्डको उपाधि जित्ने उचिमारा र उनको कीर्तिमान भने बराबरी भएको छ।

अलराउण्डको उपाधि उनको जीवनको ३४ औं विश्व तथा ओलम्पिक पदक थियो। यो सफलतासँगै उनी जिम्न्यास्टिकको सर्वकालीन डेकारेटेड खेलाडीको सूचीमा पनि पुगिन्। उनले कुल ३७ पदक जितिन्। अलराउण्डपछि उनले थप दुई व्यक्तिगत पदक पनि जितिन्।

प्रतियोगिता अघि नै उनका प्रशिक्षक लाउरेन्ट लान्डीले ध्यानपूर्वक वाइल्सको खेललाई निगरानी गरीरहेका थिए।

अलराउण्ड उपाधि जितेपछि लान्डीले वाइल्सको खेल आफ्ना लागि समेत प्रतीक्षा र चुनौतीको विषय भएको बताएका छन्।

टोकियो ओलम्पिकमा समेत स्टार हुने अपेक्षा गरिएको वाइल्स अन्तिम समयमा मानसिक स्वास्थ्यका समस्या देखाउँदै टिमको स्पर्धा नै छाड्न पुगेकी थिइन्। सो ओलम्पिकमा महिला टिम इभेन्टमा अमेरिकी हार नपत्याउँदो र अस्वाभाविक थियो।

विश्व च्याम्पियनसिपमा सहभागी हुनु अगाडि नै उनले आफूलाई बढी केन्द्रित, बढी संवेदनशील तथा बढी मेहनत गर्न आवश्यक रहेको बताएकी थिइन्। यस यात्रामा आई पुग्नका लागि उनले साथी तथा परिवारका सदस्यको पनि भूमिका रहेको बताएकी छिन्। यस बिचमा उनले दुई वर्ष कठोर समय बिताएकी थिइन्।

एन्टवर्पमा भएको खेलमा टिममा पनि ब्राजिलले रजत पदक जितेको थियो। सो रजत पदक यात्रामा पनि एन्ड्राइडको भूमिका महत्त्वपूर्ण थियो।

जोन्सको क्यारियर माथि उठ्ने क्रममा भए पनि संसारका दुई उत्कृष्ट खेलाडीको होडबाजीबाट उनी कसरी बाहिर निस्कने हुन् ? भन्ने प्रतीक्षाको विषय बनेको छ। टोकियो ओलम्पिकमा उनी वैकल्पिक खेलाडीको रूपमा टोलीमा अटाएकी थिइन्। अर्को वर्ष भएको विश्व च्याम्पियनसिपमा उनले तीन पदक जितिन्। अहिले उनी बलियो अमेरिकी टोलीकी सदस्य बनेकी छिन्।

दुई वर्षपछि खेलमा फर्किएकी वाइल्सले यस वर्षको विश्व च्याम्पियनसिपमा भने कुल चार स्वर्ण पदक जितिन्। उनले अन्तिम स्वर्ण पदक फ्लोर एक्सरसाइजमा जितेकी हुन्। सो स्पर्धामा उनलाई चीनकी जा क्वीनले पछ्याएकी थिइन्। उनले एक रजत पदक समेत जितिन्।

यस विश्व च्याम्पियनसिपमा उनको आरोह अवरोह भने नभएको होइन। अलराउण्ड र टिममा सफलता पाइसकेपछि उनी संसारकै मस्ट डेकोरेटेड जिम्न्यास्ट भइसकेकी थिइन्। भल्टमा सामान्य गल्ती गरेका कारण पाँचौँ स्थानमा सीमित उनी अनइभन बारमा पनि गल्ती गरे पछि पाँचौँ स्थानमा झरेकी थिइन्। जब की अन इभन बारमा उनको लामो समय देखिको प्रभाव थियो।

बिमा भने उनी लयमा फर्किएकी थिइन्। विश्व च्याम्पियनसिपमा मात्र उनले ३० पटक जितेकी छिन्। यी ३० मध्ये २३ स्वर्ण, चार रजत तथा तीन कास्य पदक समावेश छन्।

संसारलाई चकित पार्ने जिम्न्यास्ट यस अघि पनि नजन्मिएका होइनन्। यस अघि सन् १९७२ को म्युनिख ओलम्पिकमा बेलारुसकी जिम्न्यास्ट ओ्ल्गा कर्बटले सबैलाई आश्चर्यमा पार्दै नयाँ दिसा दिएकी थिइन्।

सो ओलम्पिकमा चेकोस्लोभाकियाकी भेरा कास्लाभ्सा तथा तथा सोभियत सङ्घकी लारिसा लात्यानीना प्रतिस्पर्धामा थिए। यी दुवैको बिचमा सबै इभेन्टमा प्रतिस्पर्धा हुने अनुमान थियो।

भर्खरै टिनएज पार गरेर २० को सुरुवातमा प्रवेश गरेकी ओक्साना चुसोभिटिनाले पनि प्रतिस्पर्धा गरेकी थिइन्।

त्यस समयमा कल्बर्टले ब्यालेन्स बीममा गरेको गल्तीका कारण अलराउण्डमा प्रतिस्पर्धाको होडबाजीबाट धेरै टाढा पुगेकी थिइन्।

अलराउण्डमा नजिते पनि ब्यालेन्स बीममा नै उनले प्रयोग गरेको नयाँ शैली उपयोगी भए पछि स्वर्ण पदक जित्न सफल भइन्। यसैगरी, उनले फ्लोर एक्सरसाइजमा पनि स्वर्ण पदक जितिन्।

सन् १९७६ को मन्ट्रीयल ओलम्पिकमा रोमानीयाको नादीया कमानेचीले १० स्कोर नै गरेर कीर्तिमान कायम गरेकी थिइन्। यसै कारण उनलाई संसारको सबै भन्दा उत्कृष्ट जिम्न्यास्ट ठान्ने प्रचलन अझै पनि कायम छ।

रुसी जिम्न्यास्ट स्वेतलाना खोरकीनालाई अर्को सफल जिम्न्यास्टको रूपमा लिने गरिन्छ। लामो गोडा र पातलो शरीर भएकी उनले अन इभन बारमा उनको केही अचम्मको स्टाइल थियो। सोही स्टाइलका कारण उनले एक दशक लामो समय आफ्नो खेलमा प्रभाव जमाएकी थिइन्।

उनले अन्तिम पटक विश्व च्याम्पियनसिपको उपाधि सन् २००३ मा जितेकी थिइन्। उनले सात ओलम्पिक पदक जितेकी थिइन्।
यसै मध्येकी अर्की स्टार नास्टीया लुकिनलाई पनि संसारलाई अचम्ममा पार्ने एथलेटको रूपमा लिने गरिन्छ।

ओलम्पिक च्याम्पियन भालेरी लुकिन तथा रिथमिक जिम्न्यास्टिककी विश्व च्याम्पियन अन्ना लुकिनकी छोरी नास्टीया कम उमेरमै अमेरिकी जिन्म्यास्टीकमा सनसनी फैलाउन सफल भएकी थिइन्।

सन् २००४ को ओलम्पिकमा कम उमेरका कारण सहभागिता जनाउन नपाएकी उनले सोही वर्ष भएको अमेरिकी च्याम्पियनसिपमा गरेको स्कोर ओलम्पिकमा कास्य पदक जित्नका लागि पर्याप्त थियो।

सिनीयर तहमा भने उनले लामो समय पर्खनु परेको थियो। सन् २००५ को विश्व च्याम्पियनसिपमा अलराउण्डको उपाधि उनले टिमकै सहयात्री चेलेसा मेम्पेलसँग ०.०१ स्कोरले पछि पर्दै गुमाएकी थिइन्। त्यस पछिको दुई वर्ष उनले चोट बोकेकी थिइन्।

सन् २००८ मा भने लुकिनको सफलता दन्त्य कथा झैँ भएको थियो। आफ्नै देशकी विश्व च्याम्पियन समेत रहेकी श्वान जोन्सनलाई पछि पार्दै उनले अलराउण्डको उपाधि जितेकी थिइन्। उनी अलराउण्डमा ओलम्पिक स्वर्ण पदक जित्ने तेस्रो अमेरिकीको रूपमा कीर्तिमान कायम राख्न सफल भएकी थिइन्। उनले चार व्यक्तिगत स्पर्धामा तीनमा सफलता पाएकी हुन्।

त्यसपछि ओलम्पिकको अलराउण्ड स्पर्धामा अमेरिकी दबदबा कायम नै छ। अलराउण्डमा सन् २०१२ मा गेबी डगलसले स्वर्ण पदक जितेकी थिइन्।

सन् २०१६ मा वाइल्सको रूपमा त नयाँ सुपर स्टारको उदय भएकै थियो। टोकियो ओलम्पिकमा अमेरिकी दबदबालाई निरन्तरता दिने काम भियतनामी आप्रवासीकी छोरी सुनी लीले गरेकी थिइन्। अबको वर्ष फेरी वाइल्सकै नाममा हुन सक्ने छ। पेरिस ओलम्पिकको चर्चा हुँदै गर्दा वाइल्स नयाँ कोशे ढुङ्गाको नजिक भएको आभास धेरैलाई छ नै। स्रोतः ओलम्पिक, सीएनएन

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ०८ बजे

बझाङ उपनिर्वाचन : अग्रता बढाउँदै एमालेका भण्डारी, पच्छ्याउँदै कांग्रेसका सिंह

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक