इजरायलबाट थप १८ नेपाली भारत आइपुगे « Khabarhub

इजरायलबाट थप १८ नेपाली भारत आइपुगे


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायल–हमास युद्धका कारण इजरायलमा समस्यामा परेका थप १८ नेपाली भारत आइपुगेका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय सरकारको सहयोगमा उनीहरु आज बिहान दिल्ली आइपुगेको जानकारी दिए ।

इजरायल–हमास युद्धका कारण समस्यामा परेका आफ्ना नागरिक ल्याउने क्रममा भारतले आज बिहान १८ नेपालीलाई पनि ल्याइदिएको हो ।

राजदूत डा. शर्माले इजरायलमा समस्यामा परेका नेपालीलाई उद्धार गरि ल्याइदिएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले नेपालीहरूलाई दिल्ली विमानस्थलमा स्वागत गर्दै नेपाल जानका लागि यातायातको व्यवस्था गरिएको समेत जनाएका छन् । 

यसअघि नेपाल सरकारले विमान चार्टर्ड गरी २ सय ५४ नेपालीको इजरायलबाट उद्धार गरेको थियो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल गएका थिए । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ३१ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी