खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालन « Khabarhub

खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालन


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशालाको नगरप्रमुख शशीकुमार खनियाले उद्घाटन गरे ।

सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताए । उनले गुणस्तरीय स्वास्थ्य सुविधाको पहुँच टोल–टोलमा पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।

सबै प्रकारका जाँचका लागि खैरहनी नगर अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटिरहेको खैरहनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रशान्त कँडेलले बताए । प्रयोगशाला सञ्चालनमा आएपछि खैरहनी नगर अस्पतालमै रोगको परीक्षण गर्न सहज भएको छ ।

कार्यक्रममा उपप्रमुख कविता उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू, अस्पतालका चिकित्सक, प्रयोगशालालगायत अस्पतालका कर्मचारीको उपस्थिति थियो ।

यसअघि खैरहनीवासी प्रयोगशाला परीक्षणका लागि रत्ननगर अस्पताल वा भरतपुर आउनुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ११ : ३८ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई