सत्ताइस हजारभन्दा बढी पशुलाई लगाइयो लम्पी स्किनविरुद्ध खोप « Khabarhub

सत्ताइस हजारभन्दा बढी पशुलाई लगाइयो लम्पी स्किनविरुद्ध खोप


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैँसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३  गोरुमा खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार रोगको सङ्क्रमण देखिन थालेपछि जेठदेखि जिल्लामा खोप लगाउन सुरु गरिएको हो । गत वैशाखमा रोगको सङ्क्रमण देखिएको थियो । लगाइएका खोपमध्ये केन्द्रले आठ हजार दुई हजार ५० खोप उपलब्ध गराएको थियो भने अन्य खोप स्थानीय पालिका एवं कृषकको अग्रसरतामा लगाइएको हो ।

कार्यालयका अनुसार जिल्लामा हालसम्म १२ हजार पाँच सय २३ पशुचौपाया सङ्क्रमित भएका छन् । जसमध्ये गाई ११ हजार तीन सय ७८, गोरु सात सय ९६ र भैँसी तीन सय ४९ रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये चार सय दुईवटा पशुचौपाया मरेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार गाई तीन सय ७४ र गोरु २८ मरेका हुन् । सङ्क्रमणमुक्त पशुचौपायमा १२ हजार एक सय चारवटा पशुचौपाया रहेका छन् । जसमा गाई १० हजार नौ सय ८७, गोरु सात सय ६८ र भैँसी तीन सय ४९ वटा सङ्क्रमणमुक्त भएका छन् । यस रोगको सङ्क्रमण अहिले १७ वटा पशुचौपायामा मात्रै रहेको अधिकृत डा आचार्यले जानकारी दिए ।

गर्मी मौसममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप फैलिने गरेको छ । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्ने जस्ता लक्षण देखापर्दछन् ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट सर्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसार, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।

 यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार किट विकर्षकको प्रयोग गर्नुपर्ने अधिकृत डा आचार्यले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १ : १६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल