जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग « Khabarhub

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट  हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन  गरिदिन माग गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङको सदरमुकाम जोमसोममा आज आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल समक्ष स्थानीयवासीले सो माग राखेका हुन् । 

स्थानीय चन्द्रबहादुर थकालीले जलवायु परिवर्तनका कारण मुस्ताङमा मानवीय र भौतिक क्षति बढेकाले न्यूनीकरणका लागि प्रधानमन्त्रीसँग आग्रह गरेको बताए । ‘जलवायु परिवर्तनको असर हाम्रो जिल्लामा सबैभन्दा बढी परेको छ, स्थानीयवासी उनले भने, ‘यहाँको तापक्रम बढ्दै गएको छ । हिमाल बा हिउँ पग्लँदै गएको छ । यसका कारण उपल्लो मुस्ताङका मानिस विस्थापित पनि भएका छन् । ‘जलवायु परिवर्तनका कारण जिल्लामा उत्पादन हुने स्याउलगायत अन्य बालीमा रोग कीराको समस्या बढिरहेको पनि उनले बताए । 

उनले भने, ‘पुस माघमा पर्नुपर्ने हिउँ फागुन चैतमा पानी र हिउँ पर्नाले यहाँको स्याउ खेतीमा असर परेको छ ।’ उपल्लो मुस्ताङमा घर पालुवा जनावर घट्दै गएको उनले बताए। मुस्ताङी जनताले झेल्नुपरेको समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने स्थानीयवासी उनको भनाइ थियो।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण जिल्लामा  वर्षासंगै बेमौसमी हिमपात भएकाले पालिकाभित्र क्षति भएको बताए । ‘गतवर्ष असोज १७ देखि लगातार सात दिनसम्म वर्षा हुँदा धेरै क्षति पुगेको थियो,’ उनले भने, ‘यसवर्ष पनि गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा ठूलो क्षति पुर्‍याएको छ । त्यसैले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।’

प्रदेशसभा सदस्य विकल शेरचनले वातावरण अनुकूल विकास निर्माणको काम गर्नुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधता संरक्षण गर्नुपर्ने, हरितगृह ग्यास उत्सर्जनमा विशेष ध्यान दिनुपर्ने बताए । यसमा तीन तहकै सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १ : ३५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा