त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको शानदार सुरुवात, यूएई ७ विकेटले पराजित | Khabarhub Khabarhub

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको शानदार सुरुवात, यूएई ७ विकेटले पराजित


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । बुधबार काठमाडौँको मूलपानी मैदानमा सम्पन्न खेलमा युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रन बनाए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले ३४ र आशिफ शेखले २३ रन जोडे । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न आएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको थियो ।

नेपालका लागि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । गुल्सन झाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिए ।

सोमपाल कामी र अविनाश बोहाराले एक विकेट लिए । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ३९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता