इजरायलसँग मिलेर काम गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ « Khabarhub

इजरायलसँग मिलेर काम गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन् ।

तेल अभिभमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, “आफ्ना जनताको रक्षाका लागि काम गर्नका लागि हामी इजरायललाई सहयोग जारी राख्नेछौं । हामी निर्दोष नागरिकहरूलाई थप त्रासदी रोक्नका लागि तपाईं र यस क्षेत्रका साझेदारहरूसँग काम जारी राख्नेछौं ।” तेल अभिभमा नेतन्याहूको युद्ध मामिला हेर्ने उच्चस्तरीय समितिसँग भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने ।

प्रतिक्रियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वसाधारणको मृत्यु टार्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।

अक्टोबर ७ मा इजरायलभित्र घातक आक्रमण गर्ने र गाजा पट्टीलाई नियन्त्रण गर्ने क्रममा हमासले जानीजानी सर्वसाधारणलाई गरेको र निशानानजिक पुर्‍याएको आरोप लगाएका छन् ।

तर नेतन्याहूले बाइडेनसँग भने, “इजरायलले युद्धमा नागरिकहरूलाई हानिको अवस्थाबाट टाढा राख्न सक्दो प्रयास गर्नेछ ।”

“हामीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छौं र हामी उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिरहनेछौं’’ इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति बाइडेनसँग भने, “राष्ट्रपति महोदय, न्यूनतम आवश्यकता पूरा भएको सुनिश्चित गर्न हामी तपाईंसँग मिलेर काम गरिरहनेछौं ।”

इजरायली हवाई अभियानलाई उत्प्रेरित गरेको र गाजा पट्टीमा जमीनी आक्रमणको खतरा बढेपछि बाइडेनले इजरायलको ऐक्यबद्धता भ्रमण गर्न लागेका हुन् ।

भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन्, जसले अरब विश्वमा आक्रोश फैलाएको छ ।

इजरायलले इस्लामिक जिहादका लडाकूहरूले नै हानेको क्षेप्यास्त्र गलत निशानामा पर्दा अस्पतालमा ठूलो हताहत भएको दावी गरेको छ ।

नेतन्याहूले अस्पतालमा भएको आक्रमणबारे विश्व समुदायले चासो व्यक्त गरेपछि भने, “पूरै विश्व नै आक्रोशित भएको छ । तर यो आक्रोश इजरायलप्रति होइन, आतङ्कवादीहरूप्रति लक्षित हुनुपर्छ ।”

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ६ : २१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको