नेपालको मौलिक विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्छ : अध्यक्ष ओली « Khabarhub

नेपालको मौलिक विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्छ : अध्यक्ष ओली


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले नेपालको आफ्नै विविधता रहेको भन्दै आफ्ने विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने बताएका हुन् ।

उनले विविधतालाई विभेदको कुरा बनाएर समाजमा समाजमा पक्षपात हुन नहुने र समााजिक सद्भावमा आधारित राष्ट्रिय एकता बनाउनुपर्ने धारणा राखे । ओलीले मुलुकको आफ्नै विविधता भएपनि केही आयातित विविधता थोपर्न खोजिएकाले सतर्क हुनुपर्ने उल्लेख गरे । मुलुकको एकता बिथोल्न जनतालाई मुर्ख बनाउने प्रयास हुने गरेको भन्दै सजक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले नेपाल शान्तिको पक्षमा रहेको र राष्ट्र अप्ठेरोमा परे ज्यान आहुती दिन तयार रहेको बताए । उनले समाज विकृत गैर जिम्मेवार भइरहेको अवस्थामा जिम्मेवार र अनुशासीत बनाउने काम गर्न सुझाव दिए ।

 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ०० बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा