रुकुम पश्चिममा बजार अनुगमन तीव्र | Khabarhub Khabarhub

रुकुम पश्चिममा बजार अनुगमन तीव्र


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी (रुकुम पश्चिम)- रुकुम पश्चिममा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिएको हो ।

जिल्लाको  त्रिवेणी गाउँपालिका– ३ र ६ मा रहेको झुल्नेटा बजार र वडा २ को  सिम्रुतु बजार अनुगमन गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसी संयोजकत्वको टोलीले सिम्रुतु बजार र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीको टोलीले झुल्नेटा बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बजारबाट ठूलो मात्रामा म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए । प्रशासकीय अधिकृत घर्तीका अनुसार मेडिकल पसलबाट म्याद नाघेको औषधिसमेत बरामद गरिएको छ । झुल्नेटा र सिम्रुतु बजारबाट म्याद सकिएको चाउचाउ, बिस्कुट, चियापत्ती, दालमोठ नियन्त्रणमा लिइएको छ ।

टोलीले साबुन स्याम्पु, एग्रोभेटबाट कृषि बीउ, औषधि र मेडिकल पसलबाट म्याद गुज्रिएको औषधि जफत गरिएको छ । जफत गरिएका सामग्री रु ४० हजार बराबरको रहेको घर्तीले जानकारी दिए ।

जफत गरिएका सामग्री प्रहरी तथा कर्मचारीको रोहवरमा आगो लगाएर नष्ट गरिएको छ । मङ्गलबार सिम्रुतुमा एक सय नौ र झल्नेटामा एक सय ९६ वटा किराना, खाद्यान्न तथा औषधि पसल गरेर तीन सय पाँच वटा पसल अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ५४ बजे

बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन 

काठमाडौं– नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा

पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरुमाथि ज्यादती बढ्दो 

काठमाडौं– नेपाल सरकारले जारी गरेको पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक– जुगल गाउँपालिका-६ हाब्रास्थित बल्कुकुना खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-५

संसद् बिहीबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।  संसद्

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

महोत्तरी– जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ ।