धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ | Khabarhub Khabarhub

धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढीगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

उनीहरूको साथबाट प्लाष्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ ।

लागूऔषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) शाखा संघीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको सादा पोशाकको टोलीले संयुक्त रूपमा अप्रेशन गरेको हो ।

सो क्रममा मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार चन्द पनि होटलको कोठामा उनीहरू सँगै भेटिएका थिए ।

तीन‌ै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १० : ०० बजे

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ ।

गीत घरदेशी, व्यथा परदेशी 

नौ सय खोला तरेर जाने बिर्सने पो हो कि, मलाई

काठमाडौँ महानगरपालिकाद्वारा २३० कर्मचारी माग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज

काठमाडौँमा आजदेखि कला उत्सव सुरु हुँदै

काठमाडौँ– काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो

नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै