सप्ताहान्त (फोटोफिचर) « Khabarhub

सप्ताहान्त (फोटोफिचर)


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गएका दुई हप्ता नेपालीका लागि रुनु न हाँस्नुका दिन रहे । एकातिर मुखमा आएको उज्यालो चाड तिहार अर्कातिर जाजरकोट र रुकुममा गएको बिनासकारी भूकम्पले गरेको धनजनको अपार क्षति । आखिर सबै सकिए पनि भविष्य बाँकी रहने रहेछ । धेरै रोएपछि आँसु पनि निख्रँदो रहेछ ।

पीडितहरू भत्किएका घरका भग्नावशेषमा भविष्य खोज्ने तन्मयमा छन् । कतै भित्रिएको छठसँगै छठी माईको आराधना शुरु भएको छ ।

शारदीय मौसमसँगै हिमालले गरेको आमन्त्रण साँच्चै मनमोहक छ । झुलेका सुनरुपी धानका बालाले खेत पहेँलपुर छन् । असारमा रोपेको मानो मङ्सिरमा मुरी भएर प्रकट भएको छ ।

सुन्तला र तोरीफूलले  घरबारी पहेँलपुर छन् । एक रंग अनेक आयामभित्रका दृश्य सामग्री हामीले प्रस्तुत गरेका छौँ।

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा गरिएको दीप प्रज्वलन । युवाहरूको एक समूहले जानकी मन्दिरमा ५१ हजार दीप प्रज्वलन गरेको हो ।

काठमाडौँको हलचोकबाट देखिएको स्वयम्भूनाथ र बाक्ला घरहरूको दृश्य । 

जाजरकोटको भेरी नगरपालिका–१ मा गत कात्तिक १७ गते राति गएको भूकम्पले आफू बसेको घर भत्किएपछि पालमुनि बसेकी एक वृद्धा ।

गोरखा नगरपालिका–४ फिनामस्थित पिपलथोकमा सुन्तला टिप्दै एक किसान ।

चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदी तटीय क्षेत्रमा देखिएका मयूर ।

दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित दाङबाङ गाउँका स्थानीयको बारीमा गरेको तोरीखेतीमा पहेँलपुर फुलेको तोरी । वरिपरि पहाडको बीचमा रहेको यस गाउँमा क्षेत्री, मगर र दलित समुदायका दुइ सय घरधुरीको सामूहिक बसोबास ।

बागलुङ बजारबाट शुक्रबार बिहान देखिएको धौलागिरि हिमाल ।

भेरी नगरपालिका–१ घुयलनेटास्थित भूकम्पबाट भत्किएको घरबाट सामान निकाल्न बेल्छेबाट माटो फाल्दै भूकम्पपीडित।

मादल बनाउँदै बागलुङ बजारका मादल व्यवसायी । पछिल्लो समय आधुनिकताले गर्दा मादल बिक्री नभएको व्यवसायीहरूको गुनासो छ ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको (पश्चिमढोका) प्रमुख प्रवेशद्वार र आसपासको दृश्य ।

राजविराज नगरपालिका–३ नम्बर वडा कार्यालयको अगुवाइमा छठ पर्वलाई लक्षित गरी कल्टुदास पोखरीको सरसफाइ गरिँदै । यहाँ प्रत्येक वर्ष छठ पर्व मनाइन्छ ।

स्थानीयले आफ्नो लगानीमा काठेपुल निर्माण गरेपछि धनुषा र सिरहा जोड्ने कमला नदीमा सर्वसाधारण आवतजावत गर्दै ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै । चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो । तस्वीरहरू : रासस

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : ३७ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै