धनगढीमा भीषण आगलागी, एक अस्पतालसहित ८ पसलमा क्षति | Khabarhub Khabarhub

धनगढीमा भीषण आगलागी, एक अस्पतालसहित ८ पसलमा क्षति


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ ।

अस्पतालका बिरामीहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो भने अस्पतालका नजिकका उपकरणहरू बाहिर निकालिएका थिए।

धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको आगलागी केहीबेरअघि पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

आगो निभाउन धनगढी उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

आगोबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : ५९ बजे

बलिउडमा आउनुभन्दा अगाडि : कोही गार्ड, कोही वेटर

काठमाडौं– हामीले कलाकारको जिन्दगी रमाइलो देख्छौं । महँगा गाडी, राम्रा

बलबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढ्दो क्रममा छ। स-साना कुरामा

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा आज सुरु हुँदै

काठमाडौँ– नेकपा एमालेको मध्यपहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ

धार्मिक अनुष्ठानमा घण्टी किन बजाइन्छ ?

मन्दिर होस् या घरमा पूजा गर्दा घण्टी बजाउने निकै पुरानो

पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायु