कतारमा कवि कृसु क्षेत्रीको एकल कविता वाचन « Khabarhub

कतारमा कवि कृसु क्षेत्रीको एकल कविता वाचन


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली सङ्घ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो ।

महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए । 

कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थियो।

कार्यक्रमका सभापति लेख कार्कीले विभिन्न देशमा कूटनीतिक जिम्मेवारी सम्हाल्दै कवि क्षेत्रीले नेपाली भाषा साहित्यमा योगदान दिएको उल्लेख गरे ।

गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष भट्टले  साहित्यकार क्षेत्रीको एकल वाचन कार्यक्रमबाट नेपाली भाषा साहित्यमा टेवा पुगेको बताए । सो अवसरमा कवि क्षेत्रीलाई सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १२ : ११ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्