कतारमा कवि कृसु क्षेत्रीको एकल कविता वाचन | Khabarhub Khabarhub

कतारमा कवि कृसु क्षेत्रीको एकल कविता वाचन


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली सङ्घ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो ।

महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए । 

कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थियो।

कार्यक्रमका सभापति लेख कार्कीले विभिन्न देशमा कूटनीतिक जिम्मेवारी सम्हाल्दै कवि क्षेत्रीले नेपाली भाषा साहित्यमा योगदान दिएको उल्लेख गरे ।

गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष भट्टले  साहित्यकार क्षेत्रीको एकल वाचन कार्यक्रमबाट नेपाली भाषा साहित्यमा टेवा पुगेको बताए । सो अवसरमा कवि क्षेत्रीलाई सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १२ : ११ बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार