च्याट जीपीटीका सीईओ अल्टम्यान बर्खास्त « Khabarhub

च्याट जीपीटीका सीईओ अल्टम्यान बर्खास्त


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– च्याट जीपीटीका सीईओ शाम अल्टम्यान बर्खास्त भएका छन् ।

च्याट जीपीटी निर्माता ओपन एआईको बोर्ड बैठकले अल्टम्यानलाई सीईओबाट बर्खास्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । 

कम्पनीले माइक्रोसफ्ट ब्याक्ड फर्मको नेतृत्व गर्न सक्षम नभएको उल्लेख गर्दै बर्खास्त गरेको हो ।

ओपन एआई बोर्डले एक विज्ञप्तिमा भनेको, ‘अल्टम्यानलाई बर्खास्त गर्ने निर्णय अत्यन्तै विचारका साथ लिइएको हो। सावधानीपूर्वक विचार गरेपछि बोर्ड यो निष्कर्षमा पुग्यो कि शाम अल्टम्यान आफ्नो कामको बारेमा स्पष्ट थिएनन् ।’ 

३८ वर्षीय अल्टम्यानले  करिब एक वर्षअघि जीपीटी बनाएका थिए। अभूतपूर्व क्षमता भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याटजीपीटीको विमोचनसँगै उनी प्राविधिक संसारमा सनसनी बनेका थिए । 

सिइओको बर्खास्तीपछि ओपन एआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रकम्यानले पनि अध्यक्षबाट राजीनामा दिएको जनाएको छ।

 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १ : ०६ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण