अमेरिका र मेक्सिकोका राष्ट्रपतिबीच छलफल « Khabarhub

अमेरिका र मेक्सिकोका राष्ट्रपतिबीच छलफल


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को- अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच शुक्रबार छलफल भएको छ ।

सो छलफलमा दुई राष्ट्रपतिबीच संयुक्त राज्य अमेरिकामा घातक लागूऔषध फेन्टानिल तस्करी नियन्त्रण गर्न र दुई देशबीचको सीमा भएर उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

“मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,” अमेरिकी राष्ट्रपति बाइडेनले भने । बाइडेन र लोपेज ओब्राडोरबीचको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण बन्ने गरेको छ ।

केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्याजस्ता विषयलाई लिएर बाइडेनले मेक्सिकोको आलोचना गर्दै आएका छन् । लोपेज ओब्राडोर अमेरिकी नेतालाई बेवास्ता गर्न डराएको देखिँदैन ।

उनले सुरुमा यो वर्षको एपेक सम्मेलनमा सहभागी नहुने बताए तापनि अन्त्यमा भने मन परिवर्तन गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ३ : ०४ बजे

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच