स्नुप डगले गाँजा छाड्न लागेका हुन् ? « Khabarhub

स्नुप डगले गाँजा छाड्न लागेका हुन् ?


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिपहप जगतमा स्नुप डगको नाम नसुन्ने सायदै कोही होला । हिपहप कलाकारका रुपमा स्नुप डगको जुन पहिचान छ, उत्तिकै ठूलो उनको अर्को पनि पहिचान छ । त्यो हो– उनी गाँजाका पारखी हुन् । गाँजाको पारखीकै रुपमा स्नुप डगले आफ्नो सार्वजनिक छवि पनि निर्माण गरेका छन् ।

उनले गाँजालाई नै समर्पण गरेर धेरै सङ्गीतहरु रचिसकेका छन् । उनी आफूले प्रस्तुति दिइरहेको स्टेजमै पनि गाँजा पिउँछन् । त्यस्तै, उनले गाँजाको कम्पनी पनि स्थापना गरेका छन् ।

वास्तविक नाम केभिन ब्रोडस रहेका ५२ वर्षीय स्नुप डगले हालै एउटा आश्चर्यजनक घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आइन्दा धूमपान नगर्ने घोषणा गरेका हुन् ।

उनले इन्स्टाग्राम र एक्समार्फत् अब धूमपान नगर्ने बताउँदै आफ्नो गोपनियताको सम्मान गर्नसमेत आग्रह गरेका छन् । उनले लेखका छन्, ‘परिवारसँगको कुराकानी र धेरै विचार गरेपछि मैले धूवाँ त्याग्ने निर्णय गरेको छु । कृपया यसपाली मेरो गोपनियताको सम्मान गरिदिनुहोला ।’

 

View this post on Instagram

 

A post shared by snoopdogg (@snoopdogg)

उनले कस्तो धूवाँ सेवन नगर्ने घोषणा गरेका हुन् त्यो भने स्पष्ट छैन । त्यस्तै, उनले कति गम्भीरतापूर्वक यस्तो घोषणा गरेका हुन् भन्ने पनि स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कतिपयले भने आफ्नो ‘लिफ बाई स्नुप’ नामक गाँजा कम्पनीका लागी बजारीकरण गर्न उनले यस्तो फण्डा रचेकोसमेत टिप्पणी गरेका छन् ।

कसैले भने स्नुपको घोषणा अविश्वसनीय रहेको उल्लेख गरेका छन् । ‘आज अप्रिल फुल डे होइन स्नुप ।’ एक जनाले टिप्पणी गरेका छन् ।

‘धुवाँ सेवन नगर्ने स्नुप र पानी नभएको पृथ्वी उस्तै हो ।’ अर्का एक जनाले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ३ : ३९ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार