भारतमा डेभिड बेकह्यामको व्यस्तता (तस्वीरहरु) « Khabarhub

भारतमा डेभिड बेकह्यामको व्यस्तता (तस्वीरहरु)


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- विश्वकप क्रिकेटको माहोल उत्कर्षमा रहेका बेला फुटबल स्टार डेभिड बेकह्यामले भारतको भ्रमण गरेका छन् । राष्ट्रसंघीय नियोग युनिसेफको सद्भावना दूतका रुपमा मुम्बई पुगेका उनले वानखेडे रंगशालामा भारत र न्यूजिल्याण्डबीचको खेल पनि हेरेका थिए ।

यतिबेला बेकह्याम र बलिउड सेलिब्रिटीको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बलिउड सेलिब्रेटीहरु सोनम कपुर र आनन्द आहुजाले बेकह्यामको सम्मानमा मुम्बईमा भोज आयोजना गरेका थिए, जहाँ बलिउड सेलिब्रिटीको पनि सहभागिता रहेको थियो ।

त्यसलगत्तै बलिउडका अर्का सुपरस्टार शाहरुख खानले मुम्बईको बान्द्रास्थित आफ्नै निजी निवास मन्नतमा बेकह्यामका लागि प्राइभेट पार्टीको आयोजना गरेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा बेकह्याम मन्नतभित्र छिरेको र बाहिरिएको देखिएको छ । त्यस क्रममा बेकह्यामले हात हल्लाएर फ्यानलाई अभिवादन गरेको देख्न सकिन्छ ।

शाहरुखको पार्टीमा सोनम र उनका पति आहुजा पनि सहभागी थिए । आनन्दले सामाजिक सञ्जालमा सामूहिक तस्वीर सेयर गर्दै शाहरुख, गौरी र उनीहरुका सन्तान आर्यन र सुहानालाई पनि ट्याग गरेका छन् । बिहीबार राति मन्नतमा जमेको उक्त पार्टीमा शाहरुख र सोनमलाई स्टाइलिस पहिरनमा सजिएका थिए ।

अभिनेत्री सारा अली खानले बेकह्यामको निजी र व्यावसायिक जीवनको सन्तुलनबारे अन्तर्वार्ता नै गरेकी छन् । यसबाहेक मलाइका अरोरा र अर्जुन कपुरसँग पनि बेकह्यामको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले बेकह्यामसँगको तस्वीरमा अर्जुनको उचाइबारे ट्रोल गरेका छन् ।

मुम्बईको विश्वकप खेलमा बेकह्याम सचिन तेन्दुलकर र विराट कोहलीसँगै देखिएका छन् । कतिपय सेलिब्रिटीले बेकह्यामलाई आफ्नो ‘चाइल्डहुड क्रस’ भन्दै प्रशंसा गरेका छन् । युनिसेफको दूतको रुपमा इङल्याण्डका पूर्वफुटबलर बेकह्याम नेपालमा पनि आइसकेका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ५ : ०९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर