करको दायरा बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह « Khabarhub

करको दायरा बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको छ । आईएमएफले पाकिस्तानी अधिकारीलाई कृषि, घरजग्गा, खुद्रा व्यापारजस्ता क्षेत्रलाई करको दायरामा ल्याउन आग्रह गरेको हो ।

आर्थिक समस्याको सामना गरिरहेको पाकिस्तानका अधिकारीहरुसँगको भेटवार्ताका क्रममा आईएमएफले यस्तो आग्रह गरेको पाकिस्तानको जियो न्युजले जनाएको छ ।

पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलरबराबरको सम्झौता हुनुअघि आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको हो ।

पाकिस्तानको संघीय राजश्व बोर्डले अन्तर्राष्ट्रिय दाताहरुसँग कर संकलन योजनाबारे छलफल गरेको र यसबारे आईएमएफले थप सुझाव दिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आईएमएफले कृषि क्षेत्रलाई करको दायरामा ल्याउन पाकिस्तानका प्रान्तीय निकायहरुबाट निश्चित समयसीमाको अपेक्षा गरिएको बुझिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : १५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति