देश/प्रदेश

स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा बालिकाको मृत्यु

By खबरहब

November 18, 2023

वालिङ- स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु भएको छ ।

शनिबार दिउँसो वालिङ नगरपालिका–१ खहरेको भित्री सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु १ ह ३६८६ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्सालकी छोरी १६ महिनाकी छोरी कायरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अटोरिक्सामा चालकसहित ४ जना रहेकामा अरुलाई केही नभएको भएपनि दुर्घटनामा बालिकाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए ।