एमाले अध्यक्ष ओलीका बुबा मोहनप्रसादले मनाए ९५ औँ जन्मदिन « Khabarhub

एमाले अध्यक्ष ओलीका बुबा मोहनप्रसादले मनाए ९५ औँ जन्मदिन


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीले ९५ औँ जन्मदिन मनाएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् तस्वीर सार्वजनिक गर्दै बुबाले जन्मदिन मनाएको जानकारी दिएका हुन् । अध्यक्ष ओलीले सार्वजनिक गरेको तस्वीरमा मोहनप्रसादलाई छोरा केपी ओलीले केक खुवाउँदै गरेको देख्न सकिन्छ ।

तस्वीर सार्वजनिक गर्दै अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘आजबाट बुबा ९४ वर्ष पूरा गरेर ९५ वर्षमा लाग्नुभयो । यो उमेरमा पनि उहाँ आँखा राम्रोसँग देख्नुहुन्छ, कान अलि कम सुन्नुहुन्छ, राम्रैसँग हिँडडुल गर्न सक्नुहुन्छ, स्मरण शक्ति धेरै राम्रो छ ।’

उनले आफ्नी श्रीमती राधिका शाक्यले आफ्ना बुबाको जन्मदिन मनाउने व्यवस्था मिलाएको समेत जानकारी दिएका छन् । ‘आज घरमा राधिकाले उहाँको ९५ औं जन्मदिन मनाएर खुशी बाँड्ने व्यवस्था मिलाइन् ।’ उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना बुबा !’

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया