आज २०८० साल पुस २ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल पुस २ गते सोमबारको राशिफल


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २ गते सोमबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक रोजगार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा जोगिएर काम गर्नुपर्नेछ।

वृष : दिन सामान्य राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उत्साह देखिन्छ। व्यापार व्यवसायमा घाटा हुने देखिन्छ।

मिथुन : दिन सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। पारिवारिक सम्बन्धमा धोका हुने भएकाले ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कट : दिन राम्रो छैन। झुटा आरोप लाग्न सक्छन्। आफन्तले असहयोग गर्नेछन्। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुँदैन। स्वास्थ्य राम्रो छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा उत्साह आउने देखिन्छ।

सिंह : दिन राम्रो छ। शिक्षामा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। सबै क्षेत्र अनुकुल छन्। मनमा उत्साहा र उमंग बढ्नेछ। सहकार्यमा घाटा लाग्नसक्छ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीको क्षेत्रमा उत्साह मिल्नेछ। दाम्पत्य र प्रेम जीवनमा समस्या देखिन्छ।

वृश्चिक : आजको दिन राम्रो छ। शिक्षा क्षेत्रमा अवरोधको सामना गर्नुपर्ला। पारिवारिक कलह हुनसक्छ।

धनु : दिन राम्रो छ। गुमेको धन हातलाग्ने योग छ। पारिवारिक सम्बन्ध राम्रो बन्नेछ। वैदेशिक र राजनीतिक लगानीको तयारी अधुरो बन्नेछ। प्रेम र दाम्पत्य सम्बन्धमा खटपटी हुनेछ।

मकर : सञ्चित धनमा क्षति पुग्ने देखिन्छ। आफ्नै बोलीले आफन्त टाढा हुनसक्छन्। शनिको छायाले गर्दा घाटा हुनसक्छ। त्यसबाट पार पाउन हरेक शनिबार पिपलमा पानी चढाउनु तपाईंका लागि फलदायी हुनेछ।

कुम्भ : दिन सामान्य छ। यात्रा कठिन हुनेछ। आर्थिक र शैक्षिक क्षेत्रमा समस्या देखिए पनि पारिवारिक क्षेत्र राम्रो देखिन्छ। परेवालाई चारो दिएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : दिन सामान्य छ। थालेका काममा अबरोध हुनसक्छ। गुरुको सल्लाहमा काम गर्नु राम्रो हुन्छ। सोचेर बोल्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ०८ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति