इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि आर्सनलको सहज जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि आर्सनलको सहज जित


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार राति सकिएको खेलमा ब्राइटनलाई २–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।

आर्सनलका ग्याब्रियल जेसस र केइ हार्भिटेजले एक–एक गोल गरेका थिए । जेससले खेलको ५३औँ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए भने हार्भिटेजले ८७औँ मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

यो जितसँगै आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको ब्राइटन २६ अंकसहित नवौँ स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ३८ अंक छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ५३ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब