गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग « Khabarhub

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेका हुन् । बस्नेत परिवारले आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो ।

गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताए । ‘विद्युतीय शवगृह नहुँदा सडेको शव परीक्षण गर्नुपरिरहेको थियो’, उनले भने ।

पश्चिम बागलुङमै विद्युतीय शवगृह थिएन । यस्तो अवस्थामा शव धेरै दिनसम्म राख्न राख्न मुस्किल हुने गरेको थियो । डा. पौडेलका अनुसार अहिले प्राप्त भएको विद्युतीय शवगृहमा दुईवटा शव राख्न सकिन्छ । ‘यसअघि शवलाई सुरक्षितरुपमा राख्न बाग्लुङ पुग्नुपर्ने अवस्था थियो’, उनले भने ।

विद्युतीय शवगृह सहयोगकर्ता बस्नेतले अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने बताए । पश्चिम बागलुङका ६ पालिकाका स्वास्थ्य संस्थामा एउटा पनि विद्युतीय शवगृह छैन । सदरमुकामस्थित धौलागिरि अस्पतालमा शव राख्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ३३ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त