जाजरकोट भूकम्प : आठबिसकोटका चार हजारलाई पहिलो किस्ता « Khabarhub

जाजरकोट भूकम्प : आठबिसकोटका चार हजारलाई पहिलो किस्ता


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम– गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही छन् ।

लाभग्राहीको खातामा २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत २५ हजारका दरले लाभग्राहीलाई १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ताबापत १७ करोड ५० लाख रकम प्राप्त भएको छ ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि लाभग्राहीको बैंकमा खाता सञ्चालन हुने बित्तिकै पठाइने शाहले जानकारी दिए ।

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ताबापत अझै दुई हजार नौ सय ६२ लाभग्राहीको लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त भएको रकम बैंक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम रकम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

हालसम्म नगरपालिकामा दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी तिन हजार छ सय ९० अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ११ : ५३ बजे

एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले