आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ : मन्त्री आले « Khabarhub

आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ : मन्त्री आले


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित माहेन्द्री माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्णमहोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले समयसापेक्षरुपमा शिक्षा नीति परिवर्तन हुनुपर्ने बताएका छन् । 

पुरानै ढाँचामा चलेका सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न नसकेको बताउँदै मन्त्री आलेले भने, ‘आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ । देशभरका समुदायिक विद्यालयको अवस्था कमजोर बन्दै गइरहेकाले समयको माग अनुसार नै शैक्षिक तथा भौतिक पूर्वाधार बनाउनुपर्छ ।’ उनले प्रदेश सरकारले स्रोत, साधनको अधिकतम परिचालन गरी जनताका आवश्यकता पूर्तिका लागि योजना ल्याएको बताए । 

‘विगतका बजेटमा भएका फजुल खर्च कटौती गरी अहिलेको बजेट प्रतिफल र उत्पादकत्व वृद्धि गराउने क्षेत्रमा बढी परिचालन गरेका छौँ’, मन्त्री आलेले भने, ‘आगामी बजेटमा यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने तयारी गरिरहेका छौँ ।’ उनले ‘योजना बैंक’ बनाएर सङ्घ, प्रदेश र स्थानीय तहले सम्पन्न गर्ने योजना नदोहोरिने गरी काम अगाडि बढाइने जानकारी दिए ।

गण्डकी प्रदेशसभाका पूर्व सदस्य सरिता गुरुङले माहेन्द्रीमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र सकारात्मक शैक्षिक वातावरण बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले माहेन्द्री यस क्षेत्रको अग्रणी शैक्षिक संस्था भएकाले यसको भौतिक संरचनासँगै शैक्षिक गुणस्तरका लागि सबैको एकता आवश्यक रहेको बताए  । 

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भौतिक सुधारमा उल्लेखनीय काम भएको बताए । अबका दिनमा शैक्षिक गुणस्तर हासिल गर्न सक्नु विद्यालयको प्रमुख चुनौतीका रुपमा देखिएको उनको भनाइ थियो ।

‘स्वर्ण जयन्ती वर्ष’का रुपमा मनाउँदै एक वर्षसम्म विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ । आज प्रारम्भ भएको स्वर्ण जयन्तीको कार्यक्रम विसं २०८१ पुस १ गते विशेष समारोहको आयोजना गरी सम्पन्न गरिने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : ३७ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र