एनआईसी एशिया लघुवितको स्वतन्त्र सञ्चालमा सरिता गौतम नियुक्त « Khabarhub

एनआईसी एशिया लघुवितको स्वतन्त्र सञ्चालमा सरिता गौतम नियुक्त


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् ।

सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२ काठमाडौँ निवासी सरिता गौतमलाई नियुक्त गरेको हो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक सरिता गौतमले आइतबार प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी छिन्।

करिब १० वर्षको विभिन्न क्षेत्रहरूमा कार्यअनुभव रहेकी सरिता गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले सरितालाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुसी प्रकट गर्दै स्वागत गरेका थिए।

साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी  लघुवित्त वित्तीय संस्थाहरू माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : ४१ बजे

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर