एनआईसी एशिया लघुवितको स्वतन्त्र सञ्चालमा सरिता गौतम नियुक्त « Khabarhub

एनआईसी एशिया लघुवितको स्वतन्त्र सञ्चालमा सरिता गौतम नियुक्त


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् ।

सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२ काठमाडौँ निवासी सरिता गौतमलाई नियुक्त गरेको हो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक सरिता गौतमले आइतबार प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी छिन्।

करिब १० वर्षको विभिन्न क्षेत्रहरूमा कार्यअनुभव रहेकी सरिता गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले सरितालाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुसी प्रकट गर्दै स्वागत गरेका थिए।

साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी  लघुवित्त वित्तीय संस्थाहरू माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : ४१ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध