काम गर्न खोज्दा मुद्दा हालेर अल्झाउन खोजियो : बालेन « Khabarhub

काम गर्न खोज्दा मुद्दा हालेर अल्झाउन खोजियो : बालेन


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाको काममा केन्द्र र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् ।

आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित समारोहमा प्रमुख बालेनले केही काम गर्न खोज्दा मुद्दा हाल्ने गरिएको गुनासो गरे । उनले संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झनै अल्झाउने काम भइरहेको दुखेसो पोखे ।

उनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि आवश्यक कानुन निर्माणमा सरकारले कुनै पहल नगरेको टिप्पणी गर्दै  पाँच मिनेटदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।

प्रमुख बालेनले बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे । उनले काठमाडौँका खोला अतिक्रमणमुक्त बनाउन सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रमुख साहले भने, ‘कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीयज्यूले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समय जतिमा समाधान हुन्छ । पाँच मिनेटदेखि एक घण्टामा सकिन्छ ।’

उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्नेमा सङ्घीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए । उनले काठमाडौँ महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ०९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल