५०० करोड क्लबमा प्रवेश गर्न एनिमलले तोड्यो शाहरुख र सनीको रेकर्ड « Khabarhub

५०० करोड क्लबमा प्रवेश गर्न एनिमलले तोड्यो शाहरुख र सनीको रेकर्ड


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रणवीर कपुर र रश्मिका मन्दन्नाको मुख्य भूमिका रहेको फिल्म एनिमल शाहरुख खान, सन्नी देवल र प्रभावको रेकर्ड ब्रेक गर्दै ‘५०० करोड क्लब’मा प्रवेश गरेको छ । यो फिल्लले आइतबार घरेलु बजार व्यापारमा सो रकमको आँकडा पार गरेको हो । 

संदी भंगाको निर्देशन रहेको एनिमल यो सफलता प्राप्त गर्ने पहिलो ‘एडल्ड’ फिल्म समेत बनेको छ । प्रदर्शनमा आएको १६औं दिनमा ४९७ करोडको व्यापार गरेको यस फिल्मले १७ औं दिन आइतबार ५१२ करोडको आँकडा पूरा गरेको हो । 

यससँगै यो फिल्म सो सफलता प्राप्त गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ । यही वर्ष प्रदर्शनमा आएको बलिउड किङ खान अभिनीत जवाले १३ दिनमा यो आँकडा पूरा गरेको थियो ।

अहिलेसम्म पाँच हिन्दी फिल्मले यो सफलता प्राप्त गरेका छन् । शाहरुखको पठानले २२ दिन, सनी देवकले गदर–२ ले २४ दिन र बहुबली–२ ले २४ दिनमा ५०० करोडको आँकडा पूरा गरेका थिए । 

यो फिल्मको सफलताले रणवीरले परिचयको अगाडि थपिएको ‘सुपरस्टार ट्याग’लाई अझ मजबुत गराएको भारतीय मिडियाले जनाएका छन्  

एनिमलको तेस्रो साताको कमाइ 
एनिमलले दोस्रो साता ९३.६ करोड भारुको व्यापार गरेको थियो । तेस्रो साता पनि एनिमलको घरेलु व्यापार उत्साहजनक रहेको भारतीय मिडियाहरूले दाबी गरेका छन् । 

तेस्रो साता यस फिल्मले बढीमा ३७ करोडको व्यापार गरेका छ । यो दोस्रो साताको तुलनामा ६० प्रतिशतले कम हो । जुन विभिन्न रेकर्ड ब्रेक गरेको फिल्मको लागि सुखद व्यापार हो । 

विदेशी बजारमा राम्रो व्यापार गर्न सक्ने अभिनेता भनेर चिनिने रणवीरको यस फिल्मको बाह्य व्यापार पनि उत्साहजनक छ । देश बाहिर पनि यस फिल्मले विभिन्न रेकर्ड राखेको छ । 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ०६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र