५०० करोड क्लबमा प्रवेश गर्न एनिमलले तोड्यो शाहरुख र सनीको रेकर्ड « Khabarhub

५०० करोड क्लबमा प्रवेश गर्न एनिमलले तोड्यो शाहरुख र सनीको रेकर्ड


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रणवीर कपुर र रश्मिका मन्दन्नाको मुख्य भूमिका रहेको फिल्म एनिमल शाहरुख खान, सन्नी देवल र प्रभावको रेकर्ड ब्रेक गर्दै ‘५०० करोड क्लब’मा प्रवेश गरेको छ । यो फिल्लले आइतबार घरेलु बजार व्यापारमा सो रकमको आँकडा पार गरेको हो । 

संदी भंगाको निर्देशन रहेको एनिमल यो सफलता प्राप्त गर्ने पहिलो ‘एडल्ड’ फिल्म समेत बनेको छ । प्रदर्शनमा आएको १६औं दिनमा ४९७ करोडको व्यापार गरेको यस फिल्मले १७ औं दिन आइतबार ५१२ करोडको आँकडा पूरा गरेको हो । 

यससँगै यो फिल्म सो सफलता प्राप्त गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ । यही वर्ष प्रदर्शनमा आएको बलिउड किङ खान अभिनीत जवाले १३ दिनमा यो आँकडा पूरा गरेको थियो ।

अहिलेसम्म पाँच हिन्दी फिल्मले यो सफलता प्राप्त गरेका छन् । शाहरुखको पठानले २२ दिन, सनी देवकले गदर–२ ले २४ दिन र बहुबली–२ ले २४ दिनमा ५०० करोडको आँकडा पूरा गरेका थिए । 

यो फिल्मको सफलताले रणवीरले परिचयको अगाडि थपिएको ‘सुपरस्टार ट्याग’लाई अझ मजबुत गराएको भारतीय मिडियाले जनाएका छन्  

एनिमलको तेस्रो साताको कमाइ 
एनिमलले दोस्रो साता ९३.६ करोड भारुको व्यापार गरेको थियो । तेस्रो साता पनि एनिमलको घरेलु व्यापार उत्साहजनक रहेको भारतीय मिडियाहरूले दाबी गरेका छन् । 

तेस्रो साता यस फिल्मले बढीमा ३७ करोडको व्यापार गरेका छ । यो दोस्रो साताको तुलनामा ६० प्रतिशतले कम हो । जुन विभिन्न रेकर्ड ब्रेक गरेको फिल्मको लागि सुखद व्यापार हो । 

विदेशी बजारमा राम्रो व्यापार गर्न सक्ने अभिनेता भनेर चिनिने रणवीरको यस फिल्मको बाह्य व्यापार पनि उत्साहजनक छ । देश बाहिर पनि यस फिल्मले विभिन्न रेकर्ड राखेको छ । 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ०६ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये