काठमाडौं– ललितपुरमा २१ लाख बराबरको धनमाल चोरी भएको छ ।
ललितपुर महानगरपालिका-३ सानेपा स्थित ओम शान्ति मार्ग बस्ने ६१ वर्षीय ठाकुर ढकालकाे घरमा आइतबार राति चाेरी भएको हो ।
ढकालको घरबाट सुनका विभिन्न गहना र नगद ४० हजार रुपैयाँ तथा अमेरिकी डलर ७ सय समेत गरी करिब २१ लाख २ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया