सुगम केन्द्रित राहत वितरणले दुर्गमका भूकम्प पीडित समस्यामा « Khabarhub

सुगम केन्द्रित राहत वितरणले दुर्गमका भूकम्प पीडित समस्यामा


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय केन्द्रित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

सबैभन्दा बढी चिसो तथा दुर्गम पालिका बारेकोट भए पनि राहत वितरण तथा अस्थायी आवास निर्माणमा समेत पक्षपात भएको अध्यक्ष गिरीको आरोप छ । भूकम्पको केन्द्रबिन्दु बारेकोट-१ रामीडाँडामा रहेको थियो ।

मानवीय क्षति नभए पनि भौतिक क्षति बारेकोटमा व्यापक भएको जनाउँदै गिरीले राहत वितरण कार्य सुगममा मात्र केन्द्रित हुँदा आफूहरु पीडित भएको बताए ।

उनका अनुसार अधिकांश पीडित त्रिपालभन्दा बाहिर छन् । राज्यबाटसमेत राहत वितरणमा बारेकोटलाई भेदभाव गरिएको उनको आरोप छ ।

वर्षायाम लाग्नेबित्तिकै बारेकोटमा ठूलो समस्या आउने उनको भनाई छ । पाँच हजार पाँच सय ८६ अस्थायी टहरा निर्माण गर्नुपर्नेमा बारेकोटमा हालसम्म एक सय ५० मात्र निर्माण भएका छन् ।

उनका अनुसार आर्थिकरुपमा कमाउन जाने जनशक्ति अस्थायी आवास निर्माणको कामदेखि अन्य काममा लाग्दा घरको आर्थिक भार कसरी समाधान होला भन्ने ठूलो चिन्ता बढेको छ । विद्यालय सञ्चालन गर्नका लागि टेन्ट ल्याएर राखिएको भए पनि त्यसमा प्रयोग हुने अन्य सामान नहुँदा समस्या भएको अध्यक्ष गिरीले बताए ।

भूकम्प गएको ४५ दिन पूरा हुँदासम्म अस्थायी आवासदेखि विद्यालयमा अस्थायी संरचना निर्माण हुन नसक्नु विडम्बना भएको पीडितहरु बताउँछन् ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले निर्माण गरिएका अस्थायी आवासमा शौचालय नहुँदा समस्या भएको बताए । विद्यालय पूर्णरुपमा सञ्चालन गर्न अन्य व्यवस्थापनको पनि समस्या भएको उनको भनाइ छ ।

मङ्सिरभित्र अस्थायी आवास निर्माण गरिसक्ने भनिए पनि पुस लागिसक्दा २० प्रतिशत पनि काम नहुँदा सर्वसाधारण चिसोले हैरानी खेपिरहेका छन् । चिसो बढे पनि अस्थायी आवासका लागि रकम नआएको भन्दै नलगाड नगरपालिका–४ का हरि रावलले आक्रोस व्यक्त गरे ।

मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयले जाजरकोट भूकम्पबाट प्रभावितको अस्थायी आवास निर्माणका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरे पनि अहिलेसम्म सुरक्षा निकाय अस्थायी आवास निर्माणमा परिचालित हुन सकिरहेका छैनन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ३ : १९ बजे

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि

नेकपा संयोजन समिति बैठकमा सहभागी हुन पेरिसडाँडामा जुट्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठकमा

पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो

काठमाडौँ – कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच