उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक अलपत्र | Khabarhub Khabarhub

उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक अलपत्र


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पुर्‍याउने अभियानअन्तर्गत् अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो ।

 पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलका अनुसार ठेकेदारले आर्थिक पाटोलगायत कारण देखाउँदै काम अलपत्र बनाउँदै आएको छ । गत असारपछि सडक निर्माणको काम ठप्प हुँदै आएको छ । ठेकेदारले रोकिएको कामलाई केही दिनमा निरन्तरता दिने बताएको उनको भनाइ छ । 

निमित्त प्रमुख सिग्देलले भने , ‘निर्धारित समयमा काम पनि हुनसकेन अहिले सडक निर्माण सम्झौताको म्याद सकिएर थप गर्ने प्रक्रियामा छ । सडक अलपत्र रहँदा बर्खामा हिलाम्मे र हिउँदमा दुलाम्मे हुँदा स्थानीयवासीलाई समस्या हुने गरेको छ । ‘

हिउँदमा घर अगाडि धुलो आएर घर तथा मान्छे पनि नचिनिने हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी ईश्वरराज सेडाइँले भने, ‘सडक बनेको ठाउँ पनि भत्किन थालेको छ, सडकमा विच्छ्याएको ढुङ्गा सवारी साधन गुडाउँदा उछिटिन्छ र दुर्घटना हुने जोखिम हुन्छ । ‘

 जिल्लाको सदरमुकाम बेँसीसहर जान होस् वा पालिका केन्द्र पुग्नलाई सडकका कारण सास्ती हुनेगरे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको देखिँदैँन  । गाउँपालिका अध्यक्ष युवराज अधिकारी नागरिकको दैनिक यात्रा सहज बनाउनका लागि  जतिसक्दो चाँडो सडकको कामलाई निरन्तरता दिँदै सम्पन्न गर्न आफूले पहल गर्दै आएको बताउँछन् । 

निर्माणकार्य ठप्प हुँदा झन बढी स्थानीयवासीलाई समस्या उत्पन्न भइरहेकाले आफैले सम्बन्धित निकायलाई ताकेता गर्दै आएको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालयका अनुसार ६० प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न यस उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्र गर्न थालिएको हो ।

 पूर्वाधार विकास कार्यालयका इन्जिनियर राजेश अधिकारीका अनुसार अझै ४० प्रतिशत भौतिक प्रगति हुन बाँकी छ । यस सडकको साँढे तीन किलोमिटरको स्टक्चरको काम सम्पन्न भइसकेको छ ।अन्य भागमा भने स्टक्चरलगायत काम बाँकी छ ।  

त्यस्तै, ग्याबेल, ग्याबिन बाल, मेसिन वालको काम गर्न बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने पाँच किलोमिटर नाला निर्माण गरिएको छ । सम्झौताअनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्रे गरिसक्नुपर्ने भए पनि यस सडक कोरोनाका कारण काम सुरु गर्न ढिलाइ भएको देखाएर निर्माण कम्पनीले गत पुस महिनासम्ममा निर्माणका लागि थप म्याद  पाएको थियो । 

तर सो समय भित्र पनि निर्माण नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुनः थप म्याद मङ्सिर २८ गतेसम्म रहेकामा सो म्यादसमेत यतिबेला सकिएको छ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले गर्दै आएको यस सडकका लागि  विसं २०७७ असार ३ गते ठेक्का सम्झौता भएको थियो ।

 प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार दुई सय २५को लागतमा सात  दशमलव एक सय २१ किलोमिटर सडक कालोपत्र हुन लागेको छ । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ । यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । 

दोर्दी गाउँपालिका केन्द्र जोड्ने यस सडकको अधिकांश भाग भने बेँसीसहर नगरपालिकाभित्र पर्दछ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ३ : ३५ बजे

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन

नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ?

काठमाडौँ– कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६

तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन्

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका

लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं– गत चैत १५ पत्रकार सुरेश रजक र यातायात मजदुर

जिम्मेवारीमा रहनेहरूले इमानदारीपूर्वक उभिनुपर्छ : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरूले