कुख्यात ‘डन’ दाउद इब्राहिमको मृत्यु भएको हो ? « Khabarhub

कुख्यात ‘डन’ दाउद इब्राहिमको मृत्यु भएको हो ?


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

कराँची- संदिग्ध रुपमा विष सेवन गरेपछि अन्डरवर्ल्डका कुख्यात ‘डन’ दाउद इब्राहिम सिकिस्त बिरामी भएका छन् । उनको हाल पाकिस्तानको कराँचीमा उपचार भइरहेको छ । यद्यपि उनले कस्तो अवस्थामा विष सेवन गरेका हुन् भन्नेबारे अझै स्पष्ट भइसकेको छैन ।

अहिले सामाजिक सञ्जालमा दाउद इब्राहिमको मृत्यु भएको भन्ने हल्ला पनि भाइरल भइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । उनलाई उपचार गरिरहेको अस्पतालमा उच्च सुरक्षा सतर्कता अपनाइएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

दाउदमाथि सन् १९९३ मा मुम्बईमा भएका श्रृङ्खलाबद्ध बम हमलाको योजना बनाएको आरोप छ । उक्त हमलामा २५० भन्दा धेरैको मृत्यु भएको थियो भने अरु हजारौँ घाइते भएका थिए ।

खोजी सूचीमा रहेका दाउद पाकिस्तानमा रहँदै आएको भारतीय पक्षले दाबी गर्दै आएको थियो । यद्यपि पाकिस्तानले भने यस्तो दाबी अस्वीकार गर्दै आएको थियो ।

दाउद इब्राहिमले छाटो शकिल, जावेद चिक्ना टाइगर मेमोनलगायतका व्यक्तिहरुसँग मिलेर ‘डी कम्पनी’ भनिने गिरोह सञ्चालन गर्दै आएका थिए । यस गिरोह विभिन्न आतङ्ककारी एवम् आपराधिक गतविधिमा सक्रिय रहँदै आएको जनाइएको छ ।

भारत सरकारले उनीविरुद्ध २५ लाख रुपैयाँको इनाम राखेको छ । त्यसबाहेक अमेरिकाले पनि दाउदलाई ‘विश्वव्यापी आतङ्कवादी’ को सूचीमा राखेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ४ : ०३ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र