हाम्रा कारणले मात्रै ईयूले कालोसूचीमा राखेको होइन : वायुसेवा निगम « Khabarhub

हाम्रा कारणले मात्रै ईयूले कालोसूचीमा राखेको होइन : वायुसेवा निगम


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगमले आफ्ना कारणले मात्रै नेपालको हवाई उडानलाई ईयूको कालोसूचीमा राखेको भन्ने विषय सही नभएको जनाएको छ । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वायुसेवा निगमै कारण नेपालको हवाई उडान क्षेत्रलाई ईयूले कालोसूचीमा कालोसूचीमा राखेको विषय सही नभएको बताएका हुन् ।

उनले पछिल्लो पटक नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्न राख्दै पत्र ईयूबाट प्राप्त भएको जिकिर गरे । नागरिक उड्डयन प्राधिकरण नियामक निकाय भएकाले प्राधिकरणले एयरलाइन्सलाई समेटेर समस्याको समाधान गर्नुपर्ने उनले बताए ।

त्यस्तै अधिकारीले वायुसेवा निगमको जहाज सिड्नी उडाउनका लागि तयारी भइरहेको जानकारी दिए । ठूला विमानहरूले निरन्तर उडान भर्दा नियमित गर्न विमानको अभाव हुने उनको भनाइ छ । उनले बजार हस्तक्षेपका साथै सेवा विस्तार गर्न केही विमान लिजमा लिने तयारी भइरहेको जानकारी दिए ।

समितिले नेपालको हवाई क्षेत्रलाई कालोसूची राखिएको विषयमा विस्तृत रुपमा पुन निगमसँग छलफल गर्ने जनाएको छ । 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ४ : ४५ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ