माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकद्वारा ‘गेट पे’ संचालनको लागि त्रिपक्षीय सम्झौता « Khabarhub

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकद्वारा ‘गेट पे’ संचालनको लागि त्रिपक्षीय सम्झौता


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले सोमबार एकीकृत व्यापारी व्यवस्थापन प्रणाली (गेट पे)संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् ।

सम्झौता पत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस संचालनमा आइसकेपछि भुक्तानी उपकरण र संजाललाई बैंक र व्यापारीले एकीकृत रूपमा व्यवस्थापन गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्झौताले व्यापारीको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरण तथा संजाललाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीलाई सेवा लिन र दिन सहज हुनेछ । भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्त्वपूर्ण डाटाहरूको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरूलाई बैंकहरुले अझ परिष्कृत सेवाहरू प्रदान गर्न सहज हुनेलगायतका विशेषता गेट पे मा रहेका छन् ।

उक्त सम्झौता पछि, तीनै पक्षले चाँडो यसलाई प्रयोगमा ल्याउने दाबी गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ३४ बजे

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल