पार्टीभित्र खुट्टा तानातान छ, कारबाही गरौं भन्दा विरोध हुन्छ : सभापति देउवा « Khabarhub

पार्टीभित्र खुट्टा तानातान छ, कारबाही गरौं भन्दा विरोध हुन्छ : सभापति देउवा


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा पार्टीबाटै विरोध हुने बताएका छन् ।

कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र खुट्टा तानातान हुने गरेको बताए ।

पार्टीमा पहिलेदेखि यस्ता गतिविधि हुने गरेको भन्दै उनले पार्टीलाई सुधार गरेर लैजानुपर्ने बताए । संविधानअनुसार अहिलेको निर्वाचन प्रणालीबाट कुनै पार्टीको पनि बहुमत नआउने भन्दै उनले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता भएको बताए ।

सभापति देउवाले भने, ‘हाम्रो पार्टी गएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, हामीले बहुमत पुर्‍याउन सकेनौं । त्यसैले हामीले कसै न कसैसँग मिल्नुपर्छ ।’

देउवाले आगामी निर्वाचनमा एकल बहुमत नभए फेरि ठूलो पार्टी बनाउने प्रयासका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ४३ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश