दक्षता अभिवृद्धिका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन « Khabarhub

दक्षता अभिवृद्धिका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्त्वावधानमा सञ्चालित उक्त तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरे ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सडकमा सवारी साधनको व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताए । अन्य सरोकारवाला निकायहरूसँगको समन्वय लगायतका विषयमा ज्ञान दिइने यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्नेमा उनले जोड दिए ।

 कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक रबिन कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना  र प्रहरी जवान ३९ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरू सहभागी रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ५३ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर