इरानी तेल पूर्वाधारमा ‘साइबर हमला’ « Khabarhub

इरानी तेल पूर्वाधारमा ‘साइबर हमला’


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले इजरायल र अमेरिकाको साइबर हमलाको सामना गर्नुपरेको बताएको छ । सोमबार साइबर हमलाका कारण ६० प्रतिशत पेट्रोल स्टेसनमा इन्धन वितरण अवरुद्ध भएको इरानी पक्षको भनाइ छ । इरानका तेलमन्त्री जवाद ओजीले सरकारी टिभीलाई भने, “देशभर केही ग्यास स्टेसनमा साइबर हमला भएको छ र इन्धन वितरण बन्द भएको छ ।” उनले उक्त हमलाका लागि बाहिरी शक्तिलाई दोष दिँदै भने, “यहुदीवादी सत्ता (इजरायल) र अमेरिकाले अन्य मोर्चामा झट्का लागेपछि समस्या सिर्जना गर्न खोजे ।”

यसअघि उपतेलमन्त्री जलिल सलारीले इरानी जनताले अनुदानमा पेट्रोल खरिद गर्न प्रयोग गर्ने कार्डमा केही समस्या रहेको बताएका थिए । प्रमुख तेल उत्पादक इरानले सस्तो मूल्यमा पेट्रोल उत्पादन गर्छ ।

यहाँ एउटा कार्डले इरानीहरूलाई १५ हजार रियाल (करिब तीन अमेरिकी सेन्ट) प्रतिलिटर सहुलियत दरमा प्रतिमहिना ६० लिटरसम्म खरिद गर्न अनुमति दिन्छ । उपतेलमन्त्री सलारीका अनुसार प्रणाली असफल भएपछि पेट्रोल स्टेसनहरूले ‘अनलाइन प्रणालीलाई विच्छेद गरेका छन्’ र इन्धनको अफलाइन आपूर्ति भइरहेको छ ।

एएफपीका संवाददाताका अनुसार सोमबारको अवरोधका कारण तेहरानमा केही स्टेसनबाहिर कारहरूको लामो लाइन लागेको छ र अन्य पूर्ण रूपमा बन्द गरिएको छ । इरानका राष्ट्रपति इब्राहिम राइसीले अनुसन्धान गर्न आदेश दिँदै सङ्कट समधानका लागि ‘तत्काल उपाय’ अपनाउन आग्रह गरेका छन् ।

अधिकारीहरूले ‘सङ्कट समिति’ गठन गरेका छन् र मन्त्री सलारीले प्रणाली केही घन्टाभित्र ठिक हुनसक्ने अपेक्षा व्यक्त गरेका छन् । सन् २०२१ अक्टोबरमा इरानले यस्तै प्रकारको एक साता लामो अवरोधको सामना गर्नुपरेको थियो । त्यसका लागि अधिकारीहरूले बाहिरी तत्वहरूले गरेको अभूतपूर्व साइबर हमलालाई दोष दिएका थिए ।

अनुदान प्रणालीमा सुधार र ठूलो मात्रामा तस्करीमाथि नियन्त्रण गर्ने उद्देश्यले इरानमा पहिलो पटक सन् २००७ मा इन्धन कार्ड लागू गरिएको थियो । इरानको अर्थतन्त्र आन्तरिक अव्यवस्थापन र बाहिरी दबाबका कारण थला परेको छ । सन् २०१८ मा अमेरिका ऐतिहासिक आणविक सम्झौताबाट फिर्ता भएको थियो र केही वर्षका लागि हटाइएको प्रतिबन्धलाई उसले पुनः लागू गरेको छ ।

इरानी सरकारले उसको कट्टर दुश्मन इजरायलमाथि उसको आणविक कार्यक्रमलाई लक्षित गरी आक्रमण र हत्या गरेको आरोप लगाएको छ । अमेरिका र इजरायलले इरानमाथि यस क्षेत्रमा मित्र देशहरूको सेना र जहाजविरुद्ध हमला गराएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ३२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का