आफ्नै निर्णय नमान्दा एन्फाको सिइओ बने इन्द्रमान तुलाधार « Khabarhub

आफ्नै निर्णय नमान्दा एन्फाको सिइओ बने इन्द्रमान तुलाधार


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खुला प्रतिस्पर्धाबाट (सिइओ) नियुक्त गर्ने आफ्नै निर्णयबिपरित अखिल नेपाल फुटबल संघ (एन्फा) को सिइओमा इन्द्रमान तुलाधार नियुक्त भएका छन् ।

आज बसेको एन्फाको कार्यसमिति बैठकले तुलाधरलाई सिइओ नियुक्त गरेको हो।

केन्द्रीय सदस्यहरूले सिइओ नियुक्त गर्न खुला दरखास्त आह्वान गर्ने एन्फाले यसअघि दुई पटक निर्णय गरेको बारे अध्यक्ष पंकजबिक्रम नेम्बाङलाई स्मरण गराएका थिए ।

तुलाधरलाई टिके सिइओ नियुक्त नगर्न भन्दै कार्यसमिति बैठकमा विरोध समेत भएको थियो ।

तर, विशेषसाधारणभामा अध्यक्ष नेम्बाङविरूद्धको अविश्वास प्रस्तावलाई विफल बनाउन भूमिका खेलेका तुलाधरणलाई नेम्बाङले सिइओ बनाउन सफल भए ।

तुलाधर अघिल्लो कार्यकालमा एन्फाको महासचिव थिए । संकटा क्लबको अध्यक्ष समेत रहेका तुलाधर डेढ वर्षअघि भएको एन्फा निर्वाचनमा अध्यक्ष नेम्बाङविरुद्धको कर्माछिरिङ शेर्पाको प्यानलमा थिए ।

हेडौटौंमा भएको विशेषसाधारणभाबाट तुलाधार नेम्बाङ समूहमा ढल्किएका हुन् । पछिल्लो समय लगातार एन्फाको कुनै न कुनै भूमिका रहेका तुलाधारलाई साथ लिएपछि नेम्बाङलाई कार्यसमितिमा आफ्नो अल्पमत टार्न पनि सजिलो भएको थियो । नेम्बाङ अध्यक्ष भएदेखि नै कार्यसमितिमा अल्पमतमा परेका थिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ३६ बजे

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय