सरकारका लगानी समुदाय केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कट्टेल « Khabarhub

सरकारका लगानी समुदाय केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कट्टेल


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताएका छन् । केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भने ।

उनले भने, ‘प्रदेश सरकारले समुदायमा आधारित पकेट क्षेत्रको मोडल तयार गर्दै छ । यसले उत्पादनमा आत्मनिर्भर बनाउँछ ।’ प्रदेशले ५० पालिकालाई पकेट क्षेत्रका रुपमा विकास गरी अघि बढ्ने गरी कार्यक्रम ल्याएको उनले बताए । यसका लागि सरकार, सहकारी र लगानीकर्ता मिलेर हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । राज्य र किसानले मात्रै गरेर नहुने भन्दै उहाँले अब लगानीकर्ता समेत कृषि क्षेत्रमा आउनुपर्ने बताए ।

दुग्ध उत्पादक सहकारीहरुले स्थानीय बजारको खोजी गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘उत्पादनअनुसार बजारको खोजी गरेर अघि बढ्नु जरुरी छ ।” उनले थपे, ‘आन्तरिक खपत बढाउने र अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने गरी काम अघि बढाउनुपर्छ ।’

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमन पौडेलले दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताए। दुग्ध उत्पादक किसानको पैसा नपाएको गुनासो चाँडै समाधान हुने गरी काम भइरहेको उनको भनाइ थियो ।

सो अवसरमा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादव, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटा, दुग्ध विकास संस्थाका महाप्रबन्धक सञ्जीव झालगायत पछिल्लो समय दुग्ध उत्पादक किसानले पाएको समस्या समाधानका लागि सबै पक्ष एक भएर लाग्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष अम्मरबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन पेस गरी छलफल गरिएको छ ।  

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : १२ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष